महंगो भाडा असुल्ने पठाओ र इनड्राइभ राइडरलाई कार्वाही

  • २०८२ जेष्ठ २०, मंगलबार (२ दिन अघि)
  • १२२ पटक पढिएको
महंगो भाडा असुल्ने पठाओ र इनड्राइभ राइडरलाई कार्वाही

धादिङ– धादिङमा बढी भाडा असुल्ने पठाओ र इनड्राइभ राइडरहरुलाई कार्वाही गरिएको छ । बढी भाडा असुलेको भन्दै चार वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेको हो ।

Advertisement

बढी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट पठाओ र इनड्राइभ राइडरहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

‘चार वटा सवारी साधन नियन्त्रणमा लिएका थियौं । यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरेर छाडिएको छ । अहिले ५ सय जरिवाना गरेर छाडिएको हो । विना दर्ता चलाइरहनु भएको रहेछ । आगामी दिन त्यस्तो कार्य नगर्ने निर्देशन दिएर उहाँहरुलाई छाडिएको हो’ उनले भने ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट