मोरङमा मनसुनजन्य जोखिम न्यूनिकरणसम्बन्धि कृत्रिम अभ्यास

  • २०८२ जेष्ठ २०, मंगलबार (२ दिन अघि)
  • १४२ पटक पढिएको
मोरङमा मनसुनजन्य जोखिम न्यूनिकरणसम्बन्धि कृत्रिम अभ्यास

काठमाडौं– मोरङमा मनसुनजन्य कृत्रिम अभ्यास ‘अभ्यास मनसुन ५’ गरिएको छ । जिल्लामा घट्न सक्ने विपद्का घटना तथा जोखिमलाई न्यूनिकरण गर्ने उद्देश्यले कृत्रिम अभ्यास गरिएको हो ।

Advertisement

नेपाली सेनाको श्री शिवदल गणको आयोजनामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा कृृत्रिम अभ्यास गरिएको हो । मनसुनको कारणले हुन सक्ने क्षति न्यूनिकरणको लागि उपलब्ध श्रोत साधनको पहिचान तथा पूर्व तयारी गरि संभावित चुनौतीहरुको सहजै सामना गर्न कृत्रिम अभ्यास गरिएको श्री शिवदल गणका गणपति प्रमुख सेनानी अरुण कार्कीले बताए ।

बाढी, पहिरो, नदी क्षेत्रको आसपासमा हुने कटान र डुवान जस्ता मनसुनजन्य घटनाहरु विषयमा अभ्यास गरिएको उनले बताए । ‘जल उद्धार अभ्यास (Water Rescue) अन्तरगत Rope Rescue, Double Rope Above Water को Method बाट उद्धार र Rappling Base बनाई उद्धारको डेमो प्रदर्शन गरिएका हो’ उनले भने– ‘यस अभ्यासले पूर्व तयारीको आवश्यकता र ज्ञान दिएको छ । नागरिकमा सुरक्षा निकायहरु विपद व्यवस्थापनमा सक्षम छ भन्ने सन्देश पनि दिएको छ । नेपाली सेना लगायत सम्बन्धित निकाय प्रति अझ आत्मभरोसा बढेको छ ।’

‘अभ्यासले विपद व्यवस्थापनका स्रोत साधनहरु मोरङ जिल्लामा के–कति, कहाँ र कुन अवस्थामा रहेको छ । विभिन्न निकायबाट उपलब्ध विपद् उद्धारका श्रोत र साधनहरु छिटो छरितो तरिकाबाट कसरी प्रयोग गर्ने तथा विपद् व्यवस्थापनको सामाग्रीहरु नभएको अवस्थामा स्थानीय श्रोत र साधनको प्रयोग गरी ईम्प्रोभाईज्ड उद्धार सामाग्री के–कसरी तयार गरी सो को प्रयोगबाट जीवन रक्षा गर्ने भन्ने सम्बन्धमा ज्ञान प्राप्त गर्न भएको छ । यसले उद्धार गर्ने क्रममा ठूलो सहयोग पुग्ने अपेक्षा गरेका छौं’ उनले भने ।

कार्यक्रममा विभिन्न पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतहरु लगायत सहयोगी संघ संस्थाहरुका प्र्रमुख एवम् प्रतिनिधिहरुले कृत्रिम अभ्यासले पूर्व तयारी तथा विपद्बाट हुने सक्ने संभावित क्षति न्यूनिकरण गर्न सहयोग पुग्ने बताएका छन् ।

श्री शिवदल गणका गणपति प्रमुख सेनानी अरुण कार्की सहित ४५ जना, ५ जना ट्राफिक प्रहरीसहित ३० जना, सशस्त्र प्रहरी बल नेपालका २७ जना, नेपाल रेडक्रस सोसाइटीका १३ जना, नेपाल स्काउटका ७ जना, नेपाल राष्ट्रिय भुपु सैनिक संघ मोरङका ९ जना, श्री पिण्डेश्वरी आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थी ३५ जना, श्री शैलजा आचार्य स्मृति पोलिटेक्निकका ५० जना तथा अन्य विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरु तथा स्थानीयहरुसहित करिव तीन सय जनाको उपस्थिति रहेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट