नुवाकोटमा फोकल शिक्षक र बालक्लब पदाधिकारीहरुका लागि अनुशिक्षण

  • २०८२ जेष्ठ २१, बुधबार (२ दिन अघि)
  • १०६ पटक पढिएको
नुवाकोटमा फोकल शिक्षक र बालक्लब पदाधिकारीहरुका लागि अनुशिक्षण

नुवाकोट– फोकल शिक्षक र बालक्लब पदाधिकारीहरुका लागि एक दिने अनुशिक्षण कार्यक्रम गरिएको छ । नुवाकोटको म्यागङ गाउँपालिकाको आयोजनामा पालिका भरका बालक्लब फोकल शिक्षक तथा बाल क्लबका पदाधिकारीहरुको क्षमता विकास गर्ने उदेश्यले अनुशिक्षण कार्यक्रम गरिएको हो ।

Advertisement

अनुशिक्षण कार्यक्रम बालक्लब गठन तथा सहजिकरण कार्यविधि, बालक्लब आवद्धता र सुचिकरण, बालक्लबका पदाधिकारीहरुको काम कर्तव्य र उत्तरदायित्व, बालक्लबले विद्यालय र समुदाय तहमा गर्न सक्ने क्रियाकलापहरु, बैठक पुस्तिका लेखन र बालक्लबको फोकल शिक्षकहरुको भुमिका र जिम्मेवारी तथा बालमैत्री स्थानीय शासनका सुचकहरु लगायतका विषयमा बालमैत्री स्थानीय शासन विज्ञ एवम् प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गरेका थिए ।

म्यागङ गाउँपालिकाले बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणा गर्ने अभियानमा रहेकाले घर, परिवार ,समाज तथा बिद्यालयहरुमा बोलिबचन, कार्यपद्धति र व्यवहार र दस्तावेज पनि बालबालिकामैत्री हुनु जरुरी हुने प्रमुख प्रशासकीय अधिकृत देवकी सिम्खडाले बताइन् । १९ विद्यालयका फोकल शिक्षक, बालक्लबका पदाधिकारीहरु, विषयगत शाखाका कर्मचारी गरि ४१ जनाको सहभागीता रहेको म्यागङ गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख फुलमाया खजुमले जानकारी दिइन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट