काठमाडौं– काभ्रेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
पनौतीबाट बेथानचोक गाउँपालिका–६ भुग्देउ जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको बस दुर्घटना हुँदा ६० वर्षीया कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
कृष्णकुमारीसँगै गएकी एक वर्षीय नातिनी संगम तिमल्सिनाको टाउकोमा चोट लागेको छ । कृष्णकुमारीकी बुहारी संगीता आचार्य तिमल्सिना पनि सोही बसमा सवार थिइन् । उनको गोडामा चोट लागेको छ । घाइतेमध्ये बसका चालकको खुट्टामा चोट लागेको छ । घाइतेको स्थानीय पाँगु भुग्देउ स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप