धादिङ– सहयात्री समाज नेपालको अध्यक्षमा उर्मिला रेग्मी चयन भएकी छिन् । सहयात्री समाज नेपालको शनिबार भएको विशेष साधारणसभा तथा ७ औं अधिवेशनबाट रेग्मीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । म
उपाध्यक्षमा संगिता कँडेल (दिपा), सचिवमा सुशीला भण्डारी, कोषाध्यक्षमा अम्बिका घिमिरे श्रेष्ठ, सहसचिवमा सिम्रन सुनार र सदस्यहरुमा सुशीला घिमिरे, मिना खान ठकुरी, आकृति कट्टेल, उर्मिला श्रेष्ठ चयन भएका छन् ।
गिता खनालको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा लैंगिकमैत्री बजेट निर्माण गर्न, विभेद भोगि रहेकाहरुका लागि कार्यक्रम ल्याउन स्थानीय सरकारसंग माग गरेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप