मानव सेवा फाउण्डेसनलाई भक्तजनहरुद्धारा ३५ रोपनी जग्गा दान

  • २०८२ जेष्ठ २७, मंगलबार (५ दिन अघि)
  • १०६ पटक पढिएको
मानव सेवा फाउण्डेसनलाई भक्तजनहरुद्धारा ३५ रोपनी जग्गा दान

काठमाडौं– मानव सेवा फाउण्डेसन नेपाललाई जग्गा दान गर्ने भक्तजनहरु बढ्न थालेको छ । फाउन्डेसनले विभिन्न समयमा विभिन्न ठाउँमा गरेका महायज्ञ, कोटिहोममा भक्तजनहरूले आर्थिकसँगै जग्गा दान गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

Advertisement

ढकालका अनुसार अहिलेसम्म विभिन्न ठाउँमा भएका महायज्ञ, कोटिहोममा भक्तजनले ३५ रोपनी भन्दा बढी जग्गा मानव सेवा फाउण्डेसनको नाममा प्रदान गरेका छन् । कोटिहोममा नगद मात्र नभई जग्गा दान गर्ने भक्तजन दिन प्रतिदिन बढ्दै गएका हुन् ।

पोखरामा जारी कोटिहोममा पोखरा महानगर पालिका–३३ बस्ने नीलकण्ठ पौडेलले मानव सेवा फाउन्डेसनलाई जग्गा दान गरेका छन् । उनले फाउन्डेसनलाई ३ रोपनी २ दाम ३ पैसा जग्गा दान गरेका हुन् । यसै गरी सित गङ्गा नगरपालिका– ३ अर्घाखाँची कुलराज पौडेलले ६ रोपनी, कृष्ण न्यौपानेले ४ रोपनी ५ आना ३ पैसा २ दाम, रामप्रसाद वेलवासेले २ रोपनी जग्गा मानव सेवा फाउण्डेसनको नाममा प्रदान गरेका छन् ।

भिरकोट नगर पालिका–२ स्याङ्जाका शेरजंग अधिकारीले ३ रोपनी, वेलकोट गढी नगरपालिका–२ नुवाकोटका पार्वती भट्ट न्यौपाने पशुपति कोटिहोममा ४ आना र गण्डकी कोटिहोममा ४ आना गरी ८ आना, पथरी शनिश्चरे नगरपालिका– ३ मोरङका छत्रमान श्रेष्ठ बाट ३ कठ्ठा लालवन्दी नगरपालिका– १ सर्लाहीका राजकिसोर चौधरीले ५ धुर जग्गा फाउण्डेसनको नाममा प्रदान गरेका छन् ।

त्यस्तै, अन्नपूर्ण गाउँपालिका, सल्यानस्थित विष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन् । वेलगाडी नगरपालिका–२ नुवाकोट निवासी राम शरण न्यौपानेले ४ आना जग्गा प्रदान गरेको मानव सेवा फाउण्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

यसै गरी मानव सेवा फाउण्डेसनलाई पोखराबासीले जग्गा दान गरेका छन् । पोखरामा मानव सेवा फाउण्डेसनको भवन निर्माण गर्ने उद्देश्य सहित पोखरा–५ पस्याड्ड निवासी गङ्गा केसीको परिवारले २ रोपनी जग्गा प्रदान गरेको व्यवस्थापक थापाले जानकारी दिए । त्यस स्थानमा आश्रम बनाएमा अझै जग्गा थप गर्ने केसीले जानकारी दिइन् । फाउण्डेसनलाई आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सघं संस्थाले जग्गा दान गर्ने सूचना दिएको उनले जानकारी दिए ।

पोखरामा जारी कोटिहोममा पनि जग्गा दान गर्ने धेरैको आश्वासन पाएकोले पनि यहाँका भक्तजनबाट १ सय रोपनी भन्दा बढी जग्गा उपलब्ध हुने अनुमान गरिएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले महायज्ञमा भक्तजनको लाखौँ संख्यामा उपस्थिति सँगै आर्थिक र जग्गा दानले महायज्ञ सफल भएको बताए ।

यज्ञको पूर्णाहुतिसँगै आज देखि तिलक र भष्म विरतण गरिने कार्यक्रम रहेको छ । उनका अनुसार यज्ञमा राखिएका जल सहितका कलश पनि वुकिङ गरेकाले आज देखि नै घरमा लैजान पाउनेछन् । भागवत मञ्जरी दासीले कोटिहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छिन् । उनले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए ।

पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट