वाईसिएलको अध्यक्षमा ओली निर्वाचित, केन्द्रीय समितिमा धादिङको ४ जना चयन

  • २०८२ जेष्ठ २७, मंगलबार (५ दिन अघि)
  • १८७ पटक पढिएको
वाईसिएलको अध्यक्षमा ओली निर्वाचित, केन्द्रीय समितिमा धादिङको ४ जना चयन

काठमाडौं– नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) को केन्द्रीय समितिको अध्यक्षमा पुष्प ओली वाईसिएलको अध्यक्षमा ओली निर्वाचित भएका छन् ।

Advertisement

समितिमा २२ जना उपाध्यक्ष, महासचिवमा गणेश शाही, १९ जना उपमहासचिव, ३१ जना सचिव, एक जना कोषाध्यक्ष चयन भएका छन् ।

वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा धादिङका ४ जना चयन भएका छन् । वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट धादिङको नवराज मजकोटी, सन्तोष अधिकारी, महिलातर्फ कविता रिजाल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै, केन्द्रीय आयोग सदस्यमा सुदिप अधिकारी चयन भएका छन् ।

वाईसीएलको नेतृत्वका लागि दर्जन बढी आकाङ्क्षी भए पनि उनीहरूबिच लामो समयको छलफलपछि नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट