काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाकोटमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
विद्युतको काम गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरण धादिङका कर्मचारी नीलकण्ठ नगरपालिका–२ का ४२ वर्षीय भेषराज बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
पोलबाट घरमा लाइन जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका बोहराको उपचारको लागि धादिङ अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप