मकवानपुरमा देवरद्वारा भाउजुको हत्या 

  • २०८२ अषाढ ६, शुक्रबार (२ हप्ता अघि)
  • १५३ पटक पढिएको
मकवानपुरमा देवरद्वारा भाउजुको हत्या 

काठमाडौं– मकवानपुरको थाहा नगरपालिका- १ स्थित कुन्छाल बस्तीमा एक महिलाको विभत्स हत्या गरिएको छ ।

करिव ३५ वर्षीय जीवन गोपालीले धारिलो हतियार प्रयोग गरी ५५ वर्षीया तुलुमाया गोपालीको हत्या गरेको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ । देवर नाता समेत पर्ने छिमेकमै बस्ने जीवन गोपालीले धारिलो हतियार प्रहार गरी तुलुमाया (भाउजु)को हत्या गरेका हुन् ।

प्रहरीका अनुसार घटनापछि हत्या आरोपित जीवन गोपाली आफैं हतियारसहित इलाका प्रहरी कार्यालय पालुङमा पुगेका थिए । जीवन गोपालीलाई नियन्त्रणमा लिइएको छ भने हाल घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। हत्या किन गरियो भन्ने विषयमा प्रारम्भिक विवरण आइसकेको छैन । घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट