चितवनमा बस र माइक्रोबस ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते

  • २०८२ अषाढ ७, शनिबार (२ हप्ता अघि)
  • १७६ पटक पढिएको
चितवनमा बस र माइक्रोबस ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते

काठमाडौं– चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

पुर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका-३ मा धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गई रहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको माइक्रोबस(इभी) ठोक्किँदा ७ जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।

चितवनमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने २ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१७ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौंड ५ का ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन् । अन्य ५ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ्न् । धेरै जसो मृतक र घाइते इभि गाडीमा सवार रहेको र उनीहरुको पहिचान खुल्न बाकी रहेको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटना परि १८ जना घाइते भएका छन् । घाइते भएकाहरुको उद्दार गरि स्वास्थ्य संस्थाहरुमा उपचार भइ रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट