नौबिसे–मलेखु सडक आजदेखि साढे ४ घण्टा बन्द 

  • २०८२ अषाढ ८, आईतबार (४ महिना अघि)
  • ६७१ पटक पढिएको
नौबिसे–मलेखु सडक आजदेखि साढे ४ घण्टा बन्द 

काठमाडौं– पृथ्वीराजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडकखण्ड दुई दिन रातको समय बन्द हुने भएको छ । असार ८ र ९ गते अर्थात् आज र भोलि राति १०ः३०  देखि बिहान ३ बजेसम्म  सडक बन्द गरेर आरसीसी बिम राख्न लागिएको हो ।

नौबिसे–मलेखु सडकखण्डस्थित धादिङको गजुरी गाउँपालिकाअन्तर्गत गलौदी खोलामा ठुलो साइजको क्रेन प्रयोग गरि आरसीसी बिम राख्न लागिएको नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड)का योजना प्रमुख केशव प्रसाद ओझाले बताए।

बन्द गरिएको समयमा दमकल, एम्बुलेन्स, सुरक्षा निकायक लगायत अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट