काठमाडौं– धादिङको गल्छी गाउँपालिकाले ७३ करोड ४५ लाख २६ हजार ५ सय २५ रुपैँयाको बजेट प्रस्तुत गरेको छ । गाउँसभाको १३औँ अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गरिएको हो ।
प्रस्तुत बजेट मध्ये आन्तरिक आय स्रोतबाट २० करोड १८ लाख ५८ हजार ९ सय ५० रुपैँया, यस्तै सँघिय सरकारको वित्तिय समानिकरण अनुदान तर्फ १३ करोड ५२ लाख, राजश्व बाँडफाँडबाट ८ करोड ६६ लाख ५१ हजार, समपुरक अनुदान तर्फ ४० लाख, सर्शत अनुदान तर्फ २० करोड ४ लाख रहेको छ ।
यस्तै प्रदेश सरकारको वित्तिय समानिकरण तर्फ १ करोड ४३ लाख ४० हजार, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ३ करोड २८ लाख ५५ हजार, ५ सय ५५ रुपैँया, प्रदेश समपुरक अनुदानतर्फ २ करोड २४ लाख, प्रदेश विशेष अनुदान तर्फ ७० लाख प्रदेश सरकार ससर्त अनुदान २ करोड ३१ लाख ७२ हजारको अनुमान गरिएको छ ।
अधिवेशनमा उपाध्यक्ष भाइकाजी तिवारीले प्रस्तुत गरेको बजेटमा आर्थिक विकास तर्फ १ करोड ६९ लाख १० हजार, सामाजिक विकास तर्फ ६ करोड ९६ लाख २१ हजार, पुर्वाधार विकास तर्फ २१ करोड ८७ लाख, बन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ६३ लाख र सँस्थागत तथा सुशासन तर्फ १ करोड २० लाख रुपैँया विनियोजन गरिएको हो ।
अधिवेशनमा बजेट प्रस्तुत भएपनि पारित अर्को बैठकमा गरिने गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बताए । बजेट प्रस्तुत हुनु भन्दा अघि गाउँपालिका अध्यक्ष खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
धादिङको गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। गाउँपालिकाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने, रोजगारी सिर्जना गर्ने, स्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने र डिजिटल प्रविधिको प्रयोगलाई बढाउने उल्लेख गरिएको छ। साथै, वातावरण संरक्षण र दिगो विकासका कार्यक्रम पनि समावेश गरिएको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप