ज्वालामुखीका ५८ कृषकलाई हाते ट्याक्टर

  • २०८२ अषाढ १७, मंगलबार (१ हप्ता अघि)
  • १७४ पटक पढिएको
ज्वालामुखीका ५८ कृषकलाई हाते ट्याक्टर

काठमाडौं- धादिङको ज्वालामुखी गाउँपालिकाले ५८ जना कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई व्यवसायिक तथा आधुनिक तरिकाले खेती गर्ने वाताववरण सिर्जना गर्न गाउँपालिकाले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर (मिनीटिलर) वितरण गरेको हो ।

Advertisement

किसानलाई खेती गर्न सहज बनाउन कुल ५८ जना कृषकलाई मिनी तथा पावर टेलर अनुदानमा वितरण गरिएको ज्वालामुखी गाउँपालिका अध्यक्ष यामनाथ दनैले बताए ।

‘कृषि पेशालाई सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिइएको हो । कृषिजन्य उत्पादनमा वृद्धि तथा कृषिमा आत्मनिर्भर बनाउने पालिकाको योजना रहेको छ । सोहि अनुरुप योजनाका साथ नीति कार्यक्रम बनाई काम अगाडी बढीरहेको छ’ उनले भने ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट