पोशाक र पोडिएम सहयोग गर्ने सौगात थपलियालाई नलाङ माविद्वारा सम्मान

  • २०८२ अषाढ २०, शुक्रबार (४ दिन अघि)
  • २८३ पटक पढिएको
पोशाक र पोडिएम सहयोग गर्ने सौगात थपलियालाई नलाङ माविद्वारा सम्मान

धादिङ– धादिङको सिद्धलेक गाउँपालिका–१ नलाङस्थित श्री नलाङ माध्यमिक विद्यालयलाई पोडियम र विद्यालयका ६५ जना विद्यार्थीहरुलाई पोशाक उपलब्ध गराएका पूर्वविद्यार्थी सौगात थपलियालाई सम्मान गरिएको छ ।

धादिङ जिल्ला सिद्धलेक गाउँपालिका-१ पीपल नलाङ निवासी थपलियाले आफुले अध्ययन गरेको श्री नलाङ माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्मका गरिब तथा जेहेन्दार ६५ जना विद्यार्थीहरूलाई पोशाक (ट्रयाक–सुट) तथा कार्यक्रम सञ्चालनका लागि १ थान पोडियम सहयोग गरेका हुन् ।

विद्यालयमा आयोजित विशेष समारोहमा प्रधानाध्यापक अर्जुन प्रसाद सिलवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनाथ सिलवाल, प्रमुख अतिथि सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सबिता अर्याल लगायतले कदरपत्र प्रदान गर्दै  सामाजिक काम गरेको भन्दै प्रशंसा गरेका छन् । शिक्षा क्षेत्रमा यस्ता सकारात्मक सहयोगले विद्यालय, विद्यार्थी र समुदायलाई थप हौसला मिल्ने विद्यालयले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट