काठमाडौं– रसुवाबाट आएको बाढीले बगाएकाहरु मध्ये धादिङमा ३ जनाको शव भेटिएको छ । तीन जनाको शवसँगै दुई वटा खुट्टा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक हमालका अनुसार गल्छी गाउँपालिका–२ केउरेनीटारस्थित खोला किनारमा एक जना पुरूषको शव, गजुरी गाउँपालिका–६ बेल्खुमा पुरुष एक जनाको शव र बेनिघाट रोराङ गाउँपालिका–७ चरौदीमा एक जनाको पुरुषकोशव गरि तीन जनाको शव फेला परेको छ । गजुरी गाउँपालिका–२ मलेखुमा दाहिने खुट्टा र बेनिघाट रोराङ गाउँपालिका–३ लामबगरमा त्रिशूली नदी किनारमा एउटा दाहिने खुट्टा फेला परेको हो ।
पोष्टमार्टमका लागि काठमाडौंस्थित टिचिङ पठाइएको छ । हराइरहेकाहरुको खोजी कार्य भइ रहेको उनले बताए ।
त्रिशूलीमा लाश जल्दै गरेको चिता बाढीले बगायो
धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै त्रिशूली नदी किनारमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । बेनिघाट रोराङ गाउँपालिका–७ की ८० वर्षिय राममायाँ चेपाङको चरौंदीस्थित त्रिशूली किनारमा दाहसंस्कार गर्दै गर्दा बाढीले जलिरहेको चिता बगाएको हो ।
हमालका अनुसार शव जल्दै गर्दा एक्कासी बाढी आयो । जलिरहेको चिता बाढीले बगायो । जलेर सकिनै लागेको चिता बाढीले बगाएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप