धादिङको पर्यटन प्रवर्द्धनमा सरोकारवालाको जोड 

  • २०८२ अषाढ ३०, सोमबार (४ घण्टा अघि)
  • ६९ पटक पढिएको
धादिङको पर्यटन प्रवर्द्धनमा सरोकारवालाको जोड 

काठमाडौँ– धादिङको पर्यटन प्रवर्द्धनका लागि सरोकारवाला निकायले चासो दिएका छन् । धादिङको सम्भाव्यता र चुनौतीका विषयमा व्यवसायी तथा सरोकारवाला निकायबिच छलफल गरिएको हो ।

बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन कार्यालय सौराहाले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरुले जिल्लाको पर्यटन प्रवर्द्धनमा राज्यको भूमिका, पूर्वाधार विकास, नीति निर्माण र प्रचारप्रसारको आवश्यकता बारे महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका छन् । त्यस्तै, दोहोरो कर र दर्ता प्रक्रिया लगायतका झन्झट हटाइ सहज बनाउन समेत आग्रह गरेका छन्  ।

कार्यक्रममा जिल्लाभित्र पर्यटन सम्भावना, पूर्वाधार विकास, सेवा प्रवाह, नीति निर्माण, लगानीको अवसर, प्रचारप्रसारलगायत विषयमा पनि गहन छलफल गरिएको छ ।

सहभागीहरुले धादिङमा धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको अपार सम्भावना रहेकाले त्यसलाई व्यवस्थित ढंगले प्रवर्द्धन गर्न राज्य, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक रहेको समेत जोड दिएका छन्  ।

कार्यक्रमले स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रबीच समन्वयमा आधारित योजना बनाउने दिशामा सकारात्मक संकेत दिएको आयोजकले जनाएको छ । सुझावलाई सकारात्मक रुपमा लिदैँ अन्तरक्रिया कार्यक्रमले धादिङ जिल्लामा दिगो र समावेशी पर्यटन विकासको दिशामा सरोकारवालाबीच समन्वय र साझा कार्ययोजनाको आधार तयार गरेको बताइएको छ ।

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट