धादिङमा विशेषज्ञ स्वास्थ्य शिविरमा ४ सय १ जनाले सेवा लिए

  • २०८२ अषाढ ३१, मंगलबार (८ घण्टा अघि)
  • १९० पटक पढिएको
धादिङमा विशेषज्ञ स्वास्थ्य शिविरमा ४ सय १ जनाले सेवा लिए

धादिङ– गजुरी गाउँपालिका–६ स्थित भानुभक्त माध्यामिक विद्यालयमा भएको निशुल्क बृहत विशेषज्ञ स्वास्थ्य शिविरमा ४ सय १ जनाले सेवा लिएका छन् ।

विपन्न तथा सीमान्तकृत समुदायका नागरिकहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीले आयोजना गरेको स्वास्थ्य शिविरमा ३ सय १९ जना महिला र ८२ जना पुरुषले सेवा लिएका हुन् । ती मध्ये ८७ जनाले भिडियो एक्स रे सेवा, ६३ जनाले स्त्री तथा प्रसुति सेवा, ५८ जनाले हाडजोर्नी तथा जेनरल सेवा,५१ जनाले जर्नरल सर्जरी, २३ जनाले बालरोग, ४० जनाले डेन्टल र ६ जनाले ईसिजी सेवा लिएको कार्यक्रम संयोजक डाक्टर दिनेश रेग्मीले जानकारी दिए ।

शिविरमा दम, सुगर, प्रेसर तथा मुटुरोग सेवा, हाडजोर्नी तथा नशा रोग सेवा, बालरोग सेवा, स्त्री तथा प्रसुति रोग सेवा, दन्त रोग सेवा, मानसिक रोग सेवा, भिडियो एक्स रे सेवा प्रदान गर्नुका साथै निशुल्क औषधि समेत वितरण गरिएको डाक्टर रेग्मीले जानकारी दिए ।

संस्थाले विगतका दिनहरूदेखि नै सामाजिक कार्य गर्दै आएको संस्थाका अध्यक्ष विक्रम विकले जानकारी दिए । शिविरले शिविर संचालन गरिएको क्षेत्र आसपासका नागरिकको स्वास्थ्य अवस्थाको जानकारी भएको र नियमित रुपमा स्वास्थ्य परिक्षण गर्नु पर्ने संदेश दिएको उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट