त्रिशुली किनारमा मिनी ट्रक खस्यो, दुई जना घाइते

  • २०८२ अषाढ ३२, बुधबार (१२ घण्टा अघि)
  • ७० पटक पढिएको
त्रिशुली किनारमा मिनी ट्रक खस्यो, दुई जना घाइते

काठमाडौं– चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पर्ने सिमलतालबाट एक मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।

भारतबाट काठमाडौंतर्फ आउदैँ गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको मिनी ट्रक आफैं अनियन्त्रित भई सडकबाट ८० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परि घाइते भएका ट्रक चालक भारतको लखनउका २१ वर्षीय आशिक यादव र सहचालक सोही स्थानका २० वर्षीय उत्तर सिंहको भरतपुरको सरकारी अस्पतालमा उपचार भैरहेको छ ।

भरतपुर महानगरपालिका-२९ मा पर्ने सिमलतालबाट गत वर्षको असारमा दुईवटा बस त्रिशूली नदीमा खस्दा बससहित ३९ यात्रु बेपत्ता भई रहेका छन् । दुई बसमा ६२ जना यात्रु रहेकामा तीन जना पौडिएर ज्यान जोगाएका थिए । २० जनाको शव भेटिएको थियो भने अन्यको हालसम्म पनि पत्ता लागेको छैन ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट