काठमाडौं– पर्वतको मोदी गाउँपालिका– ३ देउरालीको लाङ्दीमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएकी छिन् ।
पहिरोमा परि बेपत्ता भएका दम्पती मध्ये ७८ वर्षीय छविलाल विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । घर माथिबाट खसेको पहिरोमा परि बेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको खोजी कार्य भई रहेको छ । अत्यधिक वर्षा भएकाले उद्धारमा समेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
गएरातिदेखि परेको भारी वर्षाका कारण आज बिहान घरमाथि कान्लोबारी खस्दा दम्पती पुरिएका थिए भने उनीहरूकी २८ वर्षीया बुहारी पवित्रा हामफालेर ज्यान जोगाउन सफल भएकी स्थानीयले बताएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप