काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनमा माइक्रोबस दुर्घटना हुँदा चार घाइते भएका छन् ।
पोखराबाट काठमाडौँ आउँदै गरेको बा४ख ८४१३ नम्बरको माइक्रोबस दुर्घटना हुँदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । उक्त दुर्घटनामा परि तनहुँको शुक्ल गण्डाकी नगरपालिका–५ का ३० वर्षीय रामु थापा, पोखरा महानगरपालिका–६ का ४० वर्षीय रुद्रबहादुर पहाडी, सहचालक धादिङ जिल्ला गङ्गाजमुना गाउँपालिका–२ का २० वर्षीय कृष्णबहादुर तामाङ र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ बस्ने वर्ष ५४ को रुद्रप्रसाद कटेल घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेको दमौली स्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको र चालक नियन्त्रणमा रहेको तनहुँ प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप