प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

  • २०८२ श्रावण ४, आईतबार (४ घण्टा अघि)
  • ५० पटक पढिएको
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सकिएको छ । ओली र भण्डारीबीच एमालेको मुख्यालय च्यासलमा भेटवार्ता भएको हो ।

भण्डारीले एमालेको राजनीतिमा पुनरागमन गरेपछि ओली र भण्डारीबीच टकराब सुरू भएको भनिएतापनि आजको भेटले यसलाई चिर्दैै सकारात्मक वार्ता भएको संकेत गरेको छ ।

च्यासलबाट निस्किँदै गर्दा पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक विषयमा मात्रै कुराकानी भएको जानकारी दिइन् । भण्डारीले भनिन्,- `राष्ट्रिय राजनीतिका विषयमा मात्रै कुराकानी भयो । अरू विषय आधिकारिक च्यानलबाट जानकारी आउँछ ।´

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट