रोटरी क्लब अफ धादिङको दशौं पदस्थापन 

  • २०८२ श्रावण ५, सोमबार (६ घण्टा अघि)
  • १५१ पटक पढिएको
रोटरी क्लब अफ धादिङको दशौं पदस्थापन 

धादिङ– रोटरी क्लब अफ धादिङले दशौं पदस्थापन कार्यक्रम गरेको छ । सामाजिक कार्य गर्दै आएको क्लबले रोटरियन डाक्टर रामचन्द्र रिजाल अध्यक्षसहित धादिङमा एक समारोहका बिच नयाँ कार्यसमितिको पदस्थपन गरेको हो ।

प्रत्येक वर्ष जुलाई १ तारिखबाट कार्यकाल सुरु हुने रोटरी क्लबको परम्पराअनुसार, निवर्तमान अध्यक्ष रोटरियन सुदीप रसाइलीले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै नयाँ अध्यक्ष डा. रिजाललाई पद हस्तान्तरण गरेका हुन् ।

रोटरियन डा. रामचन्द्र रिजाल अध्यक्षसहित इमिडिएट पास्ट प्रेसिडेन्ट रोटरियन सुदीप रसाइली, प्रेसिडेन्ट इलेक्ट रोटरियन ईश्वर कडेल, प्रेसिडेन्ट नोमिनी रोटरियन विष्णु कुमार श्रेष्ठ, भाइस प्रेसिडेन्ट रोटरियन सरस्वती थापा, सचिव रोटरियन प्रकाश भण्डारी, कोषाध्यक्ष रोटरियन रेश्मा श्रेष्ठ, सह–सचिव रोटरियन झरना श्रेष्ठ, सह–कोषाध्यक्ष रोटरियन विनु सिंखडा रहेका छन् ।

त्यस्तै, क्लब प्रशासन चियर रोटरियन अशोक बस्नेत, पब्लिक इमेज चियर रोटरियन भीम बहादुर श्रेष्ठ, मेम्बरसिप चियर रोटरियन नविन कुमार श्रेष्ठ, सर्भिस प्रोजेक्ट चियर रोटरियन कृष्णलाल उप्रेती, रोटरी फाउन्डेशन चियर रोटरियन रोहित भण्डारी, युथ चियर रोटरियन शिवराम श्रेष्ठ र सर्जेन्ट एट आम्स रोटरियन अनिल कुमार केसी रहेका छन् ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) का वर्ष २०२५–२६ का डिस्ट्रिक्ट गभर्नर नोमिनी रोटरियन डा. आई.पी. ढकालले दशौं पदस्थापन कार्यक्रमको सम्बोधन गर्दै रोटरी क्लब अफ धादिङले समाजसेवाका क्षेत्रमा गरेका उत्कृष्ट कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा आफू तथा डिष्ट्रिक्टको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसैगरी, रोटरी इन्टरनेशनल ३२९२ का जोन ३३ का असिस्टेन्ट गभर्नर डा. प्रमोद पौडेलले क्लबका सदस्यहरू सेवाभावले भरिपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा क्लबसँग सहकार्य गर्दै स्वास्थ्य शिविरहरू सञ्चालनमा समेत योगदान दिने बताए ।

पूर्वअध्यक्ष तथा डिस्ट्रिक्ट भोकेशनल चियर रोटरियन अशोक बस्नेतले क्लबको कार्य समाजमुखी र प्रभावकारी रहेको बताउँदै सामाजिक परिवर्तनको लागि क्लबले कहिल्यै पछि नहट्ने दृढता व्यक्त गरे ।

क्लबका पुर्व अध्यक्षहरू रोटरियन सुदीप रसाइली(2024–25), रोटरियन नविन कुमार श्रेष्ठ(2023–24), रोटरियन रोहित भण्डारी(2022–23), रोटरियन भीम श्रेष्ठ(2021–22), रोटरियन कृष्णलाल उप्रेती(2020–21), रोटरियन अशोक कुमार बस्नेत(2019–20), रोटरियन गोविन्द बुढाथोकी(2018–19), रोटरियन हरि लम्साल(2017–18) र संस्थापक अध्यक्ष रोटरियन ध्रुव थापा(2016–17) रहेका छन् ।

Advertisement

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट