रोट्रयाक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन

  • २०८२ श्रावण ५, सोमबार (७ घण्टा अघि)
  • ६२ पटक पढिएको
रोट्रयाक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन

धादिङ– Rotaract Club of Dhading ले दोस्रो पदस्थापन कार्यक्रम गरेको छ । आगामी कार्यकालका लागि Rotaract Year २०२५-२६ को अध्यक्षमा श्रीकृष्ण रिजाल चयन भएका छन् ।

Service Above Self भन्ने मूल नाराका साथ सामाजिक सेवामा क्रियाशील क्लब हो । Rotaract Year २०२५-२६  संस्थापक अध्यक्षमा उत्तम सिलवाल,उपाध्यक्षमा भवानी भट्टराई, सचिवमा प्रतिभा श्रेष्ठ, कोषाध्यक्षमा रुपा नेपाल, संयुक्त सचिवमा कुस्मा श्रेष्ठ, संयुक्त कोषाध्यक्षमा नविना थापा, पब्लिक इमेज चेयरमा प्रतिमा अर्याल, सदस्यता प्रमुखमा निलकण्ठ बरुवाल, सेवा प्रमुखमा सपना दाहाल रहेका छन् ।

त्यसैगरी समितिको सर्जेन्ट एट आर्म्समा रोजिना धरेल,फाउन्डेशन प्रमुखमा प्रगति अर्याल,सिकाइ सहजकर्तामा अनिस श्रेष्ठ, युवा सम्पर्कमा सन्दिप रिजाल र रोटरेक्ट सल्लाहकार अशोक कुमार बस्नेत चयन भएका छन् । सदस्यहरुमा सलिन गुरुङ, प्रदिप पोखरेल, शंकर रिजाल र दिपा श्रेष्ठ रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष रिजालले क्लब मार्फत सामाजिक कार्य गर्ने बताए । क्लबले बिगतदेखि नै सामाजिक कार्य गर्दै आएको र निरन्तर रुपमा सामाजिक उत्तरदायित्व अझ प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता गरे । त्यस्तै, संस्थापक अध्यक्ष उत्तम सिलवाल, क्लब सल्लाहकार Rtn. अशोक कुमार बस्नेत, तथा Rotary Club of Dhading परिवारलाई निरन्तर सहयोगका लागि आभार व्यक्त गरे ।

कार्यक्रममा Rotary Club of Dhading को १०औं पदस्थापन समारोह पनि सम्पन्न भएको छ । सो समारोहमा डा. रामचन्द्र रिजालले क्लबको अध्यक्ष पदभार ग्रहण गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट