काठमाडौं– रामेछापको रामेछाप नगरपालिका-८ सल्लेमा सर्पले टोकेर एक जना घाइते भएको छ ।
आफ्नै घर नजिकै सल्ले गाउँ जाने भित्री कच्ची सडकमा हिँडिरहेको बेला सोमर बहादुर तामाङलाई सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
प्रहरीका अनुसार बाँया खुट्टाको बुढी औंलामा टोकेपछि उपचारको लागि उनलाई जिल्ला अस्पताल रामेछाप, रामेछापडाँडामा ल्याइएको थियो । सामान्य उपचारपछि थप उपचारको लागि उनलाई काठमाडौं रेफर गरिएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप