रोटरी क्लब अफ धादिङद्वारा देउराली माविमा वृक्षारोपण 

  • २०८२ श्रावण १०, शनिबार (९ घण्टा अघि)
  • ८९ पटक पढिएको
रोटरी क्लब अफ धादिङद्वारा देउराली माविमा वृक्षारोपण 

धादिङ — रोटरी क्लब अफ धादिङको आयोजनामा आज नीलकण्ठ नगरपालिका–८, ससाहमा अवस्थित श्री देउराली माध्यमिक विद्यालय तथा टेक्निकल इन्स्टिच्युटको प्राङ्गणमा वृक्षारोपण गरेको छ ।

विद्यालय हातभित्र आँप, लिची, एभोकाडो लगायत विभिन्न प्रजातिका ५० भन्दा बढी फलफूलका बिरुवाहरू रोपिएको क्लबका अध्यक्ष रोटरियन डाक्टर रामचन्द्र रिजाल बताए ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत देशव्यापी रूपमा श्रावण १० गते एकैदिन दुई लाखभन्दा बढी वृक्षरोपण गर्ने लक्ष्यअनुसार, सोही अभियानको अंशस्वरूप रोटरी क्लब अफ धादिङले पनि आफ्ना स्थानीय तहमा वृक्षरोपण गरेको हो।

अध्यक्ष डाक्टर रिजालले वृक्ष रोप्नु मात्रै नभई त्यसको दीर्घकालीन संरक्षण, नियमित हेरचाह र सुरक्षा नै सबैभन्दा महत्वपूर्ण रहेको बताए ।कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष श्री प्रकाश श्रेष्ठले रोटरी क्लबले समाजसेवामा पुर्याउँदै आएको योगदान अत्यन्तै प्रशंसनीय रहेको उल्लेख गर्दै आफू सदैव यस्ता सकारात्मक कार्यमा साथ र समर्थन जनाउने प्रतिवद्धता व्यक्त गरे ।

सोही अवसरमा विद्यालयका प्रधानाध्यापक रोहिणी प्रसाद कोईरालाले विद्यालय परिसरमा वृक्षरोपण गरिदिएकोमा रोटरी क्लबप्रति आभार व्यक्त गर्दै विद्यालय परिवार वृक्षहरूको स्याहार–सुसारमा विशेष ध्यान दिने प्रतिवद्धता जनाएका छन् । यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश कोईरालाले यस्तै अभियानले गर्दा हरियाली वातावरण निर्माणका साथै भावी पुस्तालाई स्वस्थ र स्वच्छ वातावरण हस्तान्तरण गर्न योगदान पुग्ने विश्वास रहेको छ ।

कार्यक्रममा रोटरी क्लब अफ धादिङ, रोट्र्याक्ट क्लब अफ धादिङ, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीयवासी गरी झण्डै ५० जनाको सक्रिय सहभागिता रहेको थियो।

रोटरी क्लब अफ धादिङले सामाजिक, शैक्षिक, वातावरणीय र स्वास्थ्य क्षेत्रका विविध कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ। आज सम्पन्न वृक्षरोपण कार्यक्रमले वातावरणीय चेतना अभिवृद्धिमा सघाउ पुर्याउने विश्वास लिइएको छ।

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट