धादिङका युनिक तामाङले भारतमा जित्यो दुई स्वर्ण

  • नेपाल पथ
  • २०८२ श्रावण ११, आईतबार (१ दिन अघि)
  • २०८ पटक पढिएको
धादिङका युनिक तामाङले भारतमा जित्यो दुई स्वर्ण

काठमाडौं– धादिङको रुवीभ्याली गाउँपालिका-४ सेर्तुङका युनिक तामाङले भारतमा दुवै विधामा स्वर्ण पदक जितेका छन् । भारतको पन्जाबस्थित कपूरथलामा सम्पन्न १९औं राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा तामाङले उत्कृष्ट प्रदर्शन गर्दै ३० केजी तौल समूहको कुमुते र काता दुवै विधामा स्वर्ण पदक जितेका हुन् ।

प्रतियोगितामा भारत, बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पार्दै तामाङले स्वर्ण जितेका छन् । धादिङको नीलकण्ठ डोजो र मनमैजु डोजो नेपालको खेलाडी युनिक तामाङले यस प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुँदै दुईवटै विधामा स्वर्ण जितेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको शान बढाएका हुन् ।

युनिक तामाङ उदियमान खेलाडी हुन् । तामाङ धादिङबेसीमा रहेको एड्भान्स एकेडेमीमा कक्षा ७ मा अध्ययनरत छात्र हुन् । विद्यालयले शैक्षिक गुणस्तरसङ्गै अतिरिक्त कृयाकलापहरुमा समेत जोड दिदै आएको छ ।

युनिकको जितले नेपाली करातेको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न महत्वपूर्ण भुमिका खेलेको कोच शक्ति तामाङले बताए । आईडब्लुएफ कराते डो संघ, त्रिपुरेश्वर काठमाडौंको समन्वयमा भएको यो सहभागितामा रुवीभ्याली गाउँपालिका, सेर्तुङ, एडभान्स एकेडेमी स्कुल धादिङ, नीलकण्ठ नगरपालिका तथा नीलकण्ठ डोजोको उल्लेखनीय योगदान रहेको युनिकका बुबा विजय तामाङले बताए । प्रतियोगितामा सहभागी भइ जित निकाल्न सहयोग गर्ने विभिन्न संघसंस्था र स्थानीय निकायलाई उनले धन्यवाद व्यक्त गरेका छ्न् ।

उनका प्रशिक्षकको भूमिकामा रहेका कोच शक्ति तामाङको प्रशिक्षणले पनि उल्लेखनीय सफलता पाएको छ। युनिकको सफलताले नेपाली कराते खेलमा नयाँ ऊर्जा थपेको उनको भनाई छ । युनिकको सफलता नेपाली कराते खेलाडीहरूका लागि प्रेरणाको स्रोत बन्ने अपेक्षा गरिएको उनले बताए ।

 

Advertisement

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

खोजी गर्नुहोस

ताजा अपडेट