काठमाडौं– सेयर बजार करिब ४ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । मंगलबार नेप्से परिसूचक ३०.७६ अंक बढेर सेयर बजार ३००२.०७ अंकमा पुगेको हो ।
नेप्से परिसूचक २०७८ भदौ १३ यताकै उच्च हो । २०७८ मा भदौ २ गते हालसम्मकै उच्च ३१९८ अंकको रेकर्ड बनाएपछि नेप्से ओरालो लागेको थियो । केही दिनदेखि बढेको बजार ३ हजार माथि रहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप