धादिङ–नेपाल निजामती कर्मचारी संगठन धादिङले नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सहिद मनोज, झपेन्द्र र सुरेन्द्रको स्मृति दिवसको अवसरमा दलित, गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई एक कार्यक्रमकाबिच शैक्षिक सामाग्री वितरण गरिएको हो ।
११ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, कपी, सिसाकमल, कलर, ज्यामेट्री बक्स लगायत सामाग्रीहरु वितरण गरिएको हो । संगठनले हरेक स्मृति दिवसमा विभिन्न खालका सामाजिक कार्य गर्दै आएको नेपाल निजामती कर्मचारी संगठन धादिङका अध्यक्ष वीर बहादुर दुवाडीले बताए । ’गत वर्षहरुमा अन्य शैक्षिक संस्थाका विद्यार्थीहरुलाई सहयोग गरेका थियौं । यो वर्ष नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका भाईबहिनीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हौँझ उनले भने– ’सहिदहरुको सम्झना र पढ्दै गरेका बालबालिकालाई थोरै भए पनि सहयोग हुन्छ भनेर शैक्षिक सामाग्री वितरण गरिएको हो ।
शैक्षिक सामाग्री पाएका विद्यार्थीहरु तथा अभिभावकहरुले खुसी व्यक्त गरेका छन् । संगठनले दिएका शैक्षिक सामाग्रीले थप सहयोग पुगेको उनीहरुले बताएका छन् । छात्र सुसिम मगरले पाएको शैक्षिक सामाग्रीको भरपूर सदुपयोग गर्ने बताए । संग संगठनले शैक्षिक क्षेत्रमा गरेको सहयोगले गरिव तथा जेहेन्दार विद्यार्थी तथा अभिभावकहरुलाई ठूलो सहयोग मिलेको उनको भनाई छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप