एमाले विभाजन ठूलो गल्ती भयो: झलनाथ खनाल 

  • २०८२ श्रावण १६, शुक्रबार (१ दिन अघि)
  • ६१ पटक पढिएको
एमाले विभाजन ठूलो गल्ती भयो: झलनाथ खनाल 

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का ‘सम्मानित नेता’ तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले विभाजन गर्नु ठूलो गल्ती भएको बताएका छ्न् । नेकपा एमाले देशकै ठूलो कम्युनिष्ट शक्ति भएकोले त्यसलाई विभाजन गर्नु र छाड्नु आफैँमा गल्ती भएको स्वीकार गरेका हुन् ।

पार्टी विभाजन गरेर नयाँ दल बनाउने निर्णयप्रति पश्चात्ताप रहेको उनले बताए । ‘म त अब के भन्न थालेको छु भने जतिबेला पार्टी विद्रोह या विभाजन गरियो नि, त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु’ उनले भने ।

उनले नेकपा एमालेलाई नेपालको कम्युनिष्ट आन्दोलनको एक सशक्त संस्था भनेर चिनाउँदै त्यसलाई छाड्नु गम्भीर भूल भएको बताएका छन् । ‘नेकपा एमाले भनेको एउटा संस्था हो, जुन हामीले कम्युनिस्ट आन्दोलनको राम्रो संस्थाका रूपमा बनाएका थियौँ,’ उनले भने, ‘त्यो संस्थालाई त्यति बेला छाड्ने, विद्रोह गर्ने कुरा गलत थियो ।’

एमालेमा गरिएको विद्रोह पुष्टि हुन नसकेको बताए । ‘म कुनै व्यक्ति विशेषलाई मान्दिनँ । संस्थागत हैसियतमा एमाले एउटा बलियो संस्था थियो । त्यस्तो संस्थालाई त्यति बेला छाड्नु, विद्रोह गर्नु सही थिएन’ उनले भने ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट