पुनः भुकम्पपछि रुसमा सुनामीको चेतावनी

  • २०८२ श्रावण १८, आईतबार (१ दिन अघि)
  • ६८ पटक पढिएको
पुनः भुकम्पपछि रुसमा सुनामीको चेतावनी

काठमाडौं– आइतबार रुसको पूर्वी भागमा भुकम्पको महसुस गरिएको छ । कुरिल टापु नजिकैको कामचट्का क्षेत्रमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको हो ।

Advertisement

६.७ म्याग्निच्युडको पराकम्पन मापन गरिएको बताइएको छ । भूकम्पपछि रूसमा सुनामी चेतावनी जारी गरिएको छ । कामचट्का प्रायद्वीपमा आएको भूकम्पपछि रुसको आपतकालीन सेवा मन्त्रालयले तीन जिल्लामा सुनामी छाल आउन सक्ने चेतावनी दिएको छ । मन्त्रालयले स्थानीय प्रशासन र नागरिकलाई सतर्क रहन र तटीय क्षेत्रबाट टाढा रहन सल्लाह दिएको हो ।

गत साता सोही क्षेत्रमा ८.८ म्याग्निच्युडको ठुलो भूकम्प गएको थियो । त्यसपछि अमेरिका, रुस र जापान लगायतका देशमा सुनामी चेतावनी जारी गरिएको थियो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट