सेयर बजारमा उच्च अंकको गिरावट

  • २०८२ श्रावण १८, आईतबार (१ दिन अघि)
  • ८७ पटक पढिएको
सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं– सेयर बजार नेप्से परिसूचक आइतबार उच्च अंकले गिरावट आएको छ। सेयर बजार ६३.७३ अंकले घटेर २८५८.९० विन्दुमा झरेको छ ।

Advertisement

नेप्से परिसूचक उच्च अंकले घटेपनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ट्रेड टावर र शिवम् सिमेन्ट हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हो ।

कारोबारमा आएकामध्ये १६ स्टक्सको मूल्य बढ्दा २३३ वटाको घट्यो । नेप्से उच्च अंकले घट्दा सबै समूहको उपसूचक नकारात्मक देखिएका छन् । माइक्रो फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.०५ प्रतिशतले घट्यो ।

३१९ स्क्रिप्सको ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयर १३ अर्ब ७ करोड ५० लाख ४ हजार ९२० रुपैयाँमा खरिदबिक्री भएका छन् । अघिल्लो बिहीबार १५ अर्ब ९८ करोड बराबरको कारोबार भएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट