तनहुँको ऐना पहरामा यात्रुवाहक बस दुर्घटना

  • २०८२ श्रावण १८, आईतबार (२३ घण्टा अघि)
  • ११९ पटक पढिएको
तनहुँको ऐना पहरामा यात्रुवाहक बस दुर्घटना

काठमाडौं– तनहुँमा यात्रुवाहक बस मदुर्घटनामा परेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित ऐनापहरामा गोर्खा-चितवन चल्ने गरेको बा२ ख १०७७ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

Advertisement

घटनास्थलबाट दुई जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस उत्तानो परेको अवस्थामा रहेको छ । थप यात्रुहरू पनि छन् कि भनेर खोजी जारी रहेको छ । बसमा कति यात्री सवार थिए भने यकिन नभएको जनाइएको छ ।

बस दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २३ मनकामना गण तनहुँबाट उद्धार टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

रोकिराखेको यात्रुबाहक बस स्टार्ट गर्न लाग्दा हुत्तिएर सडकबाट केही मिटर तल खसेको प्रहरीले जनाएको छ । बस दुर्घटना भएको स्थानीयले जानकारी गराएपछि उद्धार टोली घटनास्थल पुगेको थियो ।

यसअघि ७ भदौ २०८१ मा भारतीय तीर्थयात्री सवार बस ऐना पहराबाट मर्‍याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट