बागमतीको मुख्यमन्त्रीमा बानियाँको दाबी पेस

  • २०८२ श्रावण १९, सोमबार (१० घण्टा अघि)
  • ४३ पटक पढिएको
बागमतीको मुख्यमन्त्रीमा बानियाँको दाबी पेस

काठमाडौं– बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दल नेता ईन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । कांग्रेस सांसद बानियाँले सोमबार दिउँसो मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

Advertisement

मुख्यमन्त्री बहादुर सिं लामाले आइतबार पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्रीका लागि संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई आह्वान गरेका थिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट