लायन्स क्लव अफ काठमाडौं सूर्यमूखीद्धारा छात्रवृत्ति वितरण, १८ जना सम्मानित

लायन्स क्लव अफ काठमाडौं सूर्यमूखीद्धारा छात्रवृत्ति वितरण, १८ जना सम्मानित

काठमाडौं– लायन्स क्लव अफ काठमाडौं सूर्यमूखीले जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । जनस्वास्थ्य तथा प्राविधिक अध्ययन स्कुलमा अध्ययनरत ज्वालामुखी गाउँपालिका–४ की छात्रा रेशु विश्वकर्मालाई एकमुष्ट २७ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको हो ।

Advertisement

आर्थिक अवस्था कमजोर रहेका एचए दोस्रो वर्षमा अध्ययनरत उनीलाई सहयोग पुग्ने अपेक्षाले छात्रवृत्ति प्रदान गरिएको क्लवका अध्यक्ष विक्रम विश्वकर्माले बताए । ‘हामीले विभिन्न खालका सामाजिक कार्य गर्दै आएका छौं । कहिले स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु गर्यौं’ उनले भने– ‘एचए अध्ययन गरिरहनु भएकी उहाँलाई उत्साह र थोरै भएपनि सहयोग पुगोस् भनेर सहयोग गरेका हौं । आशा छ, स्वास्थ्यकर्मी भएर देश र जनाताको सेवा गर्ने उहाँको सपना पुरा गर्न थोरै भए पनि मलजल हुनेछ ।’

रेशु विश्वकर्माले छात्रवृत्तिले आफुलाई ठूलो सहयोग पुगेको बताइन् । ‘अध्ययन गर्न चाहना भएर पनि आर्थिक अवस्था कमजोरका कारण विचैमा छाड्नु पर्ने बाध्यता धेरैको छ । दुख र संघर्षमा रहेको मलाई क्वलले दिएको छात्रवृत्तिले ठूलै राहत मिलेको छ’ उनले भनिन् ।

लायन्स क्लव अफ काठमाडौं सूर्यमूखीले एक कार्यक्रमकाविच छात्रवृत्ति तथा सवास्थ्यकर्मी तथा समाजसेवीहरुलाई सम्मान गरेको हो ।

कार्यक्रमका अध्यक्ष समेत रहेका धादिङ अस्पतालका अस्पताल निर्देशक गगन अधिकारीले क्लवले सामाजिक क्षेत्रमा पुर्याएको योगनदानको प्रशंसा गरे । ‘दुर दराजका नागरिकमा स्वास्थ्य सेवा पुर्याउने काममा धादिङ अस्पताल रहेको छ । क्लवसँग सामाजिक कार्यमा हातेमालो गर्न पाउँदा खुसी लागेको छ । आगामी दिनमा पनि सामाजिक कार्यमा सहकार्य गर्न धादिङ अस्पताल परिवार सधैं तयार छौं’ उनले भने ।

डिस्ट्रिक चिफ लायन अनुज कुमार श्रेष्ठले क्लवले नयाँ साथीहरुलाई जोड्दै सदस्यता थप्ने र अझै सामाजिक कार्यमा जोड दिदै क्लवलाई मजवुद बनाउनु पर्नेमा जोड दिए । त्यस्तै, डिस्ट्रिक चिफ एममिनिस्ट्रेटर लायन जनार्दन फुयालले क्लवले सामाजिक कार्यमा निकै फड्को मारेको बताए । उनले भने– ‘लायन्स क्लव अफ काठमाडौं सूर्यमूखीले धादिङमा सामाजिक कार्यमा निकै सक्रियता देखाएको छ । यसले क्लवको छुट्टै पहिचान स्थापित गरेको छ ।’

कार्यक्रमकै विच क्लवले विभिन्न कार्यक्रममा सहयोग गर्ने स्वास्थ्यकर्मी तथा सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा धादिङ अस्पतालका अस्पताल निर्देशक गगन अधिकारी, नेपाल रेडक्रस सोसाइटी धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ, धादिङ अस्पतालका डाक्टर दिनेश रेग्मी, रेडियोग्राफर निरीक्षक सुन्दरी मगर, मेडिकल अधिकृत सविन भण्डारी, मेडिकल अधिकृत डाक्टर पुजा बज्राचार्य, डाक्टर रामचन्द रिजाल, कृष्णलाल उप्रेती, डन्टल सर्जन डाक्टर अनिल गुरुङ, मेडिकल अधिकृत डाक्टर प्रियजन पाण्डे, स्टाफ नर्स संगिता गुरुङ, फार्मेसी सहायक पवन अर्याल, फार्मेसी सहायक सन्दिप खनाल, हेल्थ असिसटेण्ट सुजिता सिलवाल, क्वल डाइरेक्टर लायन डाक्टर अशोक छत्कुली, सामाजिक अगुवा राजाराम रिजाल, कोषाध्यक्ष लायन सुदर्शन गोम्जा, सर्भिस चियर पर्सन लायन पवित्रा लम्साललाई क्लवले सम्मान गरेको हो ।

 

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट