कुसंस्कार विरुद्धको लडाइँमा रहेका सापकोटा परिवारप्रति एमाले धादिङद्वारा ऐक्यवद्धता

  • २०८२ श्रावण २९, बिहिबार (६ घण्टा अघि)
  • २१० पटक पढिएको
कुसंस्कार विरुद्धको लडाइँमा रहेका सापकोटा परिवारप्रति एमाले धादिङद्वारा ऐक्यवद्धता

धादिङ- सदियौँदेखि चलि आएको कुसंस्कार र सामन्तवाद विरुद्ध विवाहित छोरीहरुले गरेको विद्रोहलाई नेकपा एमाले धादिङले ऐक्यवद्धता जनाएको छ । नेकपा एमाले जिल्ला कमिटि धादिङले एक विज्ञप्ति जारी गरी सापकोटा परिवारप्रति ऐक्यवद्धता जनाएको हो ।

Advertisement

नेपाली समाजको साँस्कृतिक र धार्मिक प्रथाहरु पितृसत्ताको नियन्त्रणमा बनेका र सामन्तबादी मानसिकतामा संस्कार नामको जडको आडम्बरमा बाँधेर महिलाको आत्मसम्मान, स्वतन्त्रता र पहिचान माथि कन्जा जमाउदै आउनु र त्यसलाईं परम्पराको नाममा अगाडी लैजाने कार्य स्वीकार्य नभएको नेकपा एमाले धादिङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेकपा एमाले जिल्ला कमिटी धादिड सचिव राधिका सापकोटा, बनेपा नगरपालिकाका उप प्रमुख एवं अखिल नेपाल महिला संघ काभ्रेका अध्यक्ष बिमला सापकोटा, बौद्धिक परिषद काभ्रेका कोषाध्यक्ष निर्मला सापकोटा, दिदीहरु सुन्तली सापकोटा र कमला सापकोटाको बुबा हरि प्रसाद सापकोटाको यहि साउन २५ गते असामयिक निधन भएकोले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रेस विज्ञप्तीमा महिला आन्दोलनका अब्बल नेता विमला, राधिका र निर्मला क्रान्तिका नायकको संज्ञा दिँदैँ हजारौंँ वर्षंदेखि जरा गाडेको सामन्तवादी पुरुषसत्ताको अघोषित नीति र प्रथा विरुद्ध धावा बोलेकोमा एमालेले विद्रोहप्रति ऐक्यवद्धता जनाएको हो ।

छोरीहरुले काजक्रिया गर्न हुन्न भन्ने परम्परालाईं तोड्दै विमला, निर्मला र राधिकाले गरेको काजक्रियालाई एमाले धादिङले उच्च सम्मान प्रकट गरेको एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले बताए । वि.सं. १९९३ असोज ३ गते जन्मिएका हरि प्रसाद सापकोटा काभ्रे जिल्लाको पनौती नगरपालिका– १ (तत्कालिन रयाले गाविस) का अगुवा तथा सेल्टरदाताको रुपमा अविचलित थिए । २०५३ सालमा श्रीमतीको मृत्यु पश्चात गाउँबासीले हरि प्रसादलाई छोरा नभएको भनेर गरेको हेलाँ दुव्र्यवहार विरुद्ध छोरीहरुलाई समाज परिवर्तनको अभियानमा लगाएर आमा र बाबु दुबैको कर्तव्य निभाउँदै आएका थिए ।

अहिले छोरीहरु राधिका, विमला र निर्मला काजक्रियामा बसेका छन् । स्वस्थ्यका कारण सुन्तली र कमलाले बहिनीहरुलाई सघाउदै आएका छन् । पुरातन सामन्तवादी सोचका केही बुज्रुकहरुले छोरीले काजक्रिया गर्न हुन्न भनेर बहिस्कारको धम्की दिएपनि यसको पर्वाह नगरि आफ्नो बुबाको काजक्रिया छोरीहरुले गर्न पाउनुपर्छ भनेर बसेको राधिका सापकोटाले बताइन् । सामाजिक बहिस्कारको धम्कीपछि सापकोटा परिवारप्रति ऐक्यवद्धता जनाउनेहरुको भिड लागेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट