काठमाडौं– बागमती प्रदेश सरकारका नव नियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले प्रजातन्त्रमा प्रतिशोधको राजनीति नहुने बताएका छन् ।
धादिङमा संचार माध्यम तथा विभिन्न संघ संस्थाले आयोजना गरेको बधाई एवम् सम्मान कार्यक्रमको सम्बोधन गर्दै उनले प्रजातन्त्रमा राजनितिमा प्रतिशोध नभई तत्काल सम्झौता गर्न सक्ने क्षमता हुनुपर्ने बताए हुन् । ‘राजनिति भनेको प्रतिशोधको राजनीति हुदैन । प्रजातन्त्रमा प्रतिशोधको राजनिति हुदैन । प्रजातन्त्रमा आज नै सम्झौता गर्न सक्ने क्षमता राख्नु पर्छ’ उनले भने– ‘हामीहरुकै कारण देशमा विभिन्न खालका द्धन्द्ध भयो, समाधान पनि भयो । प्रदेश सरकार काम गर्ने सरकार हो । अब जनताका असन्तुष्टिहरु समाधानमा लागेका छौं ।’
‘मानिसहरुमा असुन्तुष्टि छ । प्रजातन्त्रमा असुन्तुष्टि हुन्छ । प्रजातन्त्र भए मात्रै असुन्तुष्टिका कुराहरु आउने हो’ उनले भने– ‘सम्भव त छैन । तर लोकतन्त्र तथा प्रजातन्त्र रहेन भने असन्तुष्टिहरु पनि आउँदैनन् । त्यसैले पनि हामी नागरिकका समस्या र आवश्यकताको सम्बोधन गर्नेतर्फ तल्लिन छौं ।’
त्यस्तै, लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन युवा पुस्तालाई राजनीतिक प्रशिक्षण, सचेतना र व्यवहारिक अभ्यास गर्नु पर्नेमा पनि उनले जोड दिए । अतितमा आफुले गरेको पत्रकारिता, नेपाल रेडक्रस सोसाइटीको स्थापना कालका अनुभव, निरन्तर सामाजिक कार्यको स्मरण गर्दै नागरिककै सेवामा लाग्ने उनले प्रतिवद्धता समेत व्यक्त गरे ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप