अब आमाको नामबाट पनि नागरिकता

  • २०८२ भाद्र २, सोमबार (२ दिन अघि)
  • १०५ पटक पढिएको
अब आमाको नामबाट पनि नागरिकता

काठामाडौं– आमालाई वंश दिने अधिकार सुनिश्चित गर्ने गरी तयार भएको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक संसदिय विषयगत समितिबाट पारित भएको छ । आमा वा बुबा दुबैको नामबाट नेपाली नागरिकता पाउने भएको हो ।

Advertisement

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको नागरिकता ऐन संशोधन विधेयकको प्रतिवेदन ऐनमा रूपान्तरित भएपछि आमालाई वंशको अधिकार दिने व्यवस्थाले कानूनी मान्यता पाउनेछ । विधेयक पारित भएपछि अब नागरिकता लिन आमा वा बुवामध्ये एक जनाको मात्र नाम र ठेगाना उल्लेख गरे पुग्नेछ । यससँगै वंश दिने अधिकार बुवामा मात्र सीमित नरही आमामार्फत पनि नागरिकता पाउने बाटो खुलेको हो ।

आमाको नाममा पनि नागरिकता दिनुपर्ने मत लामो समयदेखि उठिरहेका वेला संसदीय समितिले यो मुद्दा सम्बोधन गर्ने गरी सर्वसम्मत विधेयक पारित गरेको हो । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले नागरिकता ऐनमा संशोधन समयको मागअनुसार गरिएको बताउँदै आमा वा बुवामध्ये कम्तीमा एक जनाको नाम र ठेगाना अनिवार्य हुने बताएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट