काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले हरिप्रसाद सापकोटाको मृत्युु भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले सापकोटा परिवारमा परेको शोकको घडीमा दुख व्यक्त गर्र्दै टेलिफोन मार्फत छोरीहरुले गरेको साहस र सामाजिक चेतना तथा परिवर्तनको कामको प्रशंसा गरेका छन् । नेकपा एमाले धादिङका सचिव राधिका सापकोटालाई टेलिफोन गर्दै बाबुको काजक्रियामा बस्नुभएका बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटा, बौद्धिक परिषद काभ्रेका कोषाध्यक्ष निर्मला सापकोटा र नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाको प्रशंसा गरेका हुन् ।
विक्रम संम्वत् १९९३ असोज ३ गते जन्मनु भएका हरि प्रसाद सापकोटा काभ्रे जिल्लाको पनौती नगरपालिका–१ (तत्कालिन रयाले गाविस) का अगुवा थिए । २०५३ सालमा श्रीमतीको मृत्युभएपछि गाउँबासीले हरि प्रसादलाई छोरा नभएको भनेर गरेको हेलाँ दुव्र्यवहार विरुद्ध छोरीहरुलाई समाज परिवर्तनको अभियानमा लगाएर आमा र बाबु दुबैको कर्तव्य निभाउँदै आएका थिए । हरिप्रसाद सापकोटाको ०८२ साउन २५ गते निधन भएको थियो । बुबाको सामाजिक परिवर्तनप्रतिको प्रशिक्षण तथा साथ पाएका छोरीहरुले आफ्नै बुबाको मृत्युपछिका संस्कारमा सक्रिय भएका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप