धादिङको मिलनटोलमा सडक भासियो 

धादिङको मिलनटोलमा सडक भासियो 

धादिङ- धादिङको नीलकण्ठ नगरपालिका-३ मिलनटोलमा सडक भासिएको छ । ठूलो वर्षाले आएको भेल नहर बाहिर सडकमा बग्दा छिरेको पानीले सडक भासिएको हो

पिच सडकमा अहिले ठाँउ ठाउँमा ब्लाष्ट भएको छ । सडकको बिच भागमै केही ठाउँमा उठेको छ भने कतै दबिएको छ  । स्थानीय राम प्रसाद रिजालका अनुसार परेको पानीका कारण आएको भल सडकमा छिर्दा सडकभित्र जमेको पानी तातेर ब्लाष्ट भएको हुन सक्ने उनले बताए । पटक पटक नहरमा फोहोर जमेको र सरसफाईमा समस्या भएको जानकारी गराउदै आउदा पनि बेवास्ता हुदा यस्तो घटना घटेको उनको भनाई छ ।

त्यस्तै, भासिएको सडकले जोखिम बढेको स्थानीय हरि मानन्धरले  बताए । `सडक भन्दा तल रहेका घरहरू बढी जोखिममा परेको छ । नहरमा अनावश्यक पाइपहरुका कारण नहरमा जमेको प्लास्टिक लगायतका फोहोरले सडक खोला बन्दा यो अवस्था आएको हो´ उनले भने- `नगरपालिका तथा सम्बन्धित निकायले बेलैमा मर्मत गर्न चासो दिन आवश्यक छ ।´

`राती बम पड्केको जस्तो आवाज आएको थियो । कहाँ के भएको रहेछ भनेको त घर अगाडीकै सडक ब्लाष्ट भएको रहेछ । छिट्टै मर्मत नभए ठाउँ ठाउँमा उठेका सडक पुन: ब्लाष्ट हुने सम्भावना छ । सरोकारवाला निकायको ध्यान जान जरुरी छ´ स्थानीय सीता श्रेष्ठले बताइन् ।

प्राविधिकसहितको टोलीले अनुगमन गरि भत्केको सडक छिट्टै मर्मत गर्ने नीलकण्ठ नगरपालिकाका नगर उपप्रमुख दिपक विश्वकर्माले बताए । `सडक भत्केको तथा भासिएको जानकारी पाएका छौं । प्राविधिकले हेरेर मात्र के कस्तो क्षेती र मर्मत गर्ने भन्न सकिन्छ । आजै अनुगमन गरि छिट्टै मर्मत गर्छौं´ उनले भने ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट