इम्बोस्ड नम्बर प्लेट जडान नगरे पनि कार्वाही हुदैनः यातायात व्यवस्था विभाग

  • २०८२ भाद्र ११, बुधबार (३ घण्टा अघि)
  • ६७ पटक पढिएको
इम्बोस्ड नम्बर प्लेट जडान नगरे पनि कार्वाही हुदैनः यातायात व्यवस्था विभाग

काठमाडौं– इम्बोस्ड नम्बर प्लेट जडान नगरे पनि कार्वाही नहुने यातायात व्यवस्था विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिवाना वा कारवाहीमा परिने भनी गरिएका प्रचारमा सत्यता नभएको विभागले स्पष्ट पारेको हो ।

Advertisement

विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीधनी कारवाहीमा पर्ने तथा जेल जानुपर्ने भनी भएको प्रचारमा सत्यता नभएको विभागले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो । विभागले तत्काललाई कुनै पनि प्रकारको दण्ड जरिवाना नगरिने र आफू अनुकूल सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वःस्फूर्त ढङ्गले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटाइजेन कार्यमा सहयोग गर्न विभागले अनुरोध गरेको छ ।

विभाग एवम् प्रदेश कार्यालयबाट जडान सहजताका लागि पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको छ । सेवाग्राही तथा सवारी साधनको सहजताका लागि आवश्यकता अनुसार थप प्रबन्ध गरिएको विभागले जनाएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट