बेपत्ता परिवारलाई न्याय दिन इन्सेकद्वारा सरकारलाई ध्यानाकर्षण 

  • २०८२ भाद्र १५, आईतबार (१ दिन अघि)
  • ८८ पटक पढिएको
बेपत्ता परिवारलाई न्याय दिन इन्सेकद्वारा सरकारलाई ध्यानाकर्षण 

 धादिङ– बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न माग राख्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ज्ञापनपत्र बुझाएको छ । प्रत्येक वर्ष अगष्ट ३० का दिन विश्वव्यापी रूपमा बेपत्ता पारिएका व्यक्तिहरूको स्मरण गर्दै इन्सेकले जिल्ला प्रशासन कार्यालय धादिङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।

आईतबार इन्सेकका प्रतिनिधी सिताराम अधिकारीले प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीलाई ज्ञापनपत्र बुझाएका हुन् । २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था ६० दिनभित्र सार्वजनिक गर्ने प्रावधान भए पनि आजसम्म प्रभावित परिवारले सत्यतथ्य जान्न नपाएको भन्दै इन्सेकले सरकारको ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्रमा पीडित परिवारको सत्य, तथ्य बुझ्ने अधिकार, सांस्कृतिक अधिकार र राहत तथा क्षतिपूर्ति पाउने अधिकार समेत उल्लङ्घन भएको उल्लेख छ । राष्ट्रिय मानव अधिकार आयोगले वेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा २ सय २६ वटा सिफारिस गरिसकेकाले ती सिफारिस तत्काल कार्यान्वयन गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । यस्तै गत २०८२ वैशाख ३१ गते गठन भएको वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगलाई आवश्यक स्रोत साधन उपलब्ध गराई संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन पनि आग्रह गरिएको छ । वेपत्ता पारिएका व्यक्तिहरुका अवस्था सार्वजनिक गर्न, दोषीलाई कारबाहीको दायरामा ल्याउन, पीडित परिवारलाई क्षतिपूर्ति र न्याय सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित निकायलाई ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट