गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजा हाम्रो जोड होः नगर प्रमुख ढुंगाना

  • २०८२ भाद्र १८, बुधबार (१३ घण्टा अघि)
  • ८६ पटक पढिएको
गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजा हाम्रो जोड होः नगर प्रमुख ढुंगाना

काठमाडौं– गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजा ल्याउन नरपालिकाले जोड दिदै आएको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुंगानाले बताएका छन् । नगरपालिकाको कुल बजेटमध्ये ४० प्रतिशतभन्दा बढी शिक्षा क्षेत्रमा लगानी भएको भन्दै अब उत्कृष्ट नतिजामा जोड दिएका बताएका हुन् ।

Advertisement

नीलकण्ठ नगरपालिका भित्रका प्रधानाध्यापकहरुको लागि आयोजित दुई दिने प्रगति समिक्षा, क्षमता विकास तालिमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यस्तै, एसइई परिक्षामा शत प्रतिशत नतिजा ल्याउने विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बाजागाजा सहित नगर परिक्रमा गराईने बताए ।

‘उत्कृष्ट नतिजा ल्याउने विद्यालयका शिक्षक, व्यवस्थापन समिति तथा विद्यार्थीलाई प्रोत्साहन स्वरूप सम्मान गरिने गरिनेछ । चार जिपिए ल्याउने विद्यार्थी र प्रधानाध्यापकलाई सँगै नगर परिक्रमा गराउँछौं’ उनले भने– ‘लगानी अनुसार नतिजा ल्याउने गरी विद्यालयले गुणस्तरिय शिक्षामा जोडा दिनु पर्छ । कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिएको छ । अभिभावक तथा विद्यार्थीलाई आर्थिक भार कम भएको छ । अब हाम्रो जोड गुणस्तरिय शिक्षामा हो ।’

यस वर्ष पनि नीलकण्ठ नगरपालिकाले शत प्रतिशत नतिजा ल्याउने विद्यालयलाई चार लाख र चार जिपिए ल्याउने विद्यार्थीलाई नगद ५० हजार रुपँयाले सम्मान गरेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट