नीलकण्ठ बहुमुखी क्याम्पसका एक सय विद्यार्थीलाई इन्डक्सन चुलो

नीलकण्ठ बहुमुखी क्याम्पसका एक सय विद्यार्थीलाई इन्डक्सन चुलो

धादिङ- धादिङको जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसले विद्यार्थीहरुलाई विद्युतिय ईन्डक्सन चुल्हो वितरण गरेको छ । वैकल्पिक ऊर्जा केन्द्रको सहयोगमा एक सय जना विद्यार्थीलाई एक सय थान चुल्हो वितरण गरिएको हो ।

Advertisement

कोठा भाडामा बस्दै आएका र नियमित कक्षामा आउने विद्यार्थीहरुलाई इन्डक्सन चुलो वितरण गरिएको नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर मुरारी अधिकारीले बताए । ‘नीलकण्ठ बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस हो । समुदायका गरिव जेहेन्दोर विद्यार्थीलाई उच्च शिक्षामा पहुँच पुर्याउन यस्ता कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गरिने छन्’ उनले भने– ‘आगामी दिनमा पनि वैकल्पिक ऊर्जा केन्द्रले सहयोग गर्ने बताएका छन् । यस्ता सहयोग र सहकार्यले विद्यार्थीको दैनिकीमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’

कोठा भाडामा लिएर बस्ने विद्यार्थीहरुका लागि ज्यासको बचत तथा सहजताका लागि चुलो वितरण गरिएको क्याम्पस प्रमुख अधिकारीले बताए । हेर्दा सानो सहयोग जस्तो देखिएपनि विद्यार्थीहरुको दैनिकीमा यसले ठुलो सहयोग पुग्ने उनको भनाई छ ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट