धादिङका लैंगिक च्याम्पियनहरूलाई पुनर्ताजगी तालिम

  • २०८२ भाद्र १९, बिहिबार (२ घण्टा अघि)
  • ७७ पटक पढिएको
धादिङका लैंगिक च्याम्पियनहरूलाई पुनर्ताजगी तालिम

धादिङ– लैंगिक च्याम्पियनहरूको क्षमता अभिवृद्धि तथा व्यवहारिक सीप सुदृढीकरण गर्ने उद्देश्यले दुई दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । आड्रा नेपालको साझेदारीमा प्रयास नेपालले संचालन गरेको रिलिफ परियोजना अन्तर्गत भएको तालिममा गंगाजमुना र खनियाबास गाउँपालिकाका प्रत्येक वडाका २ जना गरि २४ जना लैंगिक च्याम्पियनसहित ३१ जनाको सक्रिय सहभागिता रहेको प्रशासन तथा लजिष्टिक सहायक राममाया तामाङले जानकारी दिइन् ।

Advertisement

कार्यक्रममा प्रयास नेपालकी उपाध्यक्ष उषा बिक अध्यक्षता तथा आड्रा नेपालकी लैंगिक तथा सेफगार्डिङ अफिसर कुरुणा बराल, कार्यक्रम अधिकृत माधवजंग महत, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले लैंगिक समानता र सामाजिक न्यायका लागि सामूहिक प्रयासमा जोड दिएको बताएका छन् ।

तालिममा सहजकर्ता कर्णबहादुर नेपालीले सहभागीहरूसँग अन्तरक्रियात्मक ढंगले लैंगिक समानता र सामाजिक समावेशीकरण महिलामाथि हुने विभेद, परम्परागत सोच र सामाजिक अभ्यास परिवर्तनका उपाय, लैंगिक हिंसाका प्रकार र रोकथाम घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा, बालविवाह जस्ता संवेदनशील मुद्दा र तिनको समाधानका विधिको बारेमा सहजिकरण गरेका थिए ।

यसै गरी कानूनी प्रावधान र नीतिगत व्यवस्था लैंगिक न्यायसँग सम्बन्धित नेपालका कानूनी ढाँचा, स्थानीय तहमा अधिकारको प्रयोग र नागरिक जिम्मेवारी, लैंगिक च्याम्पियनहरूको भूमिका ,समूह, वडा र गाउँपालिका तहमा सचेतनामूलक गतिविधि सञ्चालन गर्ने सीप र रणनीति, सुरक्षित र सम्मानजनक समाज निर्माण पुरुष–महिला सहकार्य, बालबालिका र विपन्न वर्गको अधिकार सुनिश्चित गर्ने उपाय, लैंगिक दृष्टिकोणबाट कार्यक्रम व्यवस्थापन विकास योजना तथा परियोजनामा लैंगिक समावेशी दृष्टिकोण अपनाउने तरिका लगायतमा विषयमा छलफल गरिएको थियो ।

नयाँ दृष्टिकोण, व्यावहारिक उपाय र आत्मविश्वास दुवै बढाएको सहभागीहरुले बताएका छन् । लैंगिक समानता र हिंसा रोकथामका लागि समुदायमै जानुपर्ने रहेछ भन्ने कुरा प्रष्ट भएको उनीहरुको भनाई छ । उनीहरुले सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाएका छन् । उनीहरूले आफ्ना समूह र वडा तहमा लैंगिक सवालमा वकालत तथा पैरवी गर्ने, स्थानीय तहका जनप्रतिनिधिहरूसँग सहकार्य गरेर लैंगिक सचेतनामूलक गतिविधि सञ्चालन गर्ने योजना रहेको उनीहरुले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट