काठमाडौं– बागमती प्रदेश सरकारले चेपाङ जातिको मुख्य पर्व न्वागी अर्थात छोनाम पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै भदौ २२ गते आइतबार धादिङ, चितवन र मकवानपुर जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मन्त्रालय बागमती प्रदेश राजपत्रमा यसअघि प्रकाशित निर्णयअनुसार नै चैपाङ समुदायले मनाउने छोनाम पर्वमा चेपाङ समुदायको बाहुल्यता रहेका बागमती प्रदेशका ३ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरिएको जनाएको छ ।
यस निर्णयसँगै आइतबार चितवन, मकवानपुर र धादिङका सरकारी तथा सार्वजनिक निकाय बन्द रहनेछन् । गत वर्षमा पनि चेपाङ जातिको न्वागी पर्वमा बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक विदा दिइएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप