धादिङ– कर्मचारी स्तरिय जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जिल्ला प्रहरी कार्यालय धादिङका सुमन महत्तो र लोकबहादुर मगरको जोडीले जितेको छ । प्रवल तामाङ र विजय तामाङको जोडीलाई पछि पार्दै प्रतियोगिताको उपाधि हात पारका हुन् ।
त्यस्तै, खनियाबास गाउँपालिकाका कर्मचारी प्रवल तामाङ र विजय तामाङको जोडी द्धितिय र जिल्ला प्रहरी कार्यालय धादिङका गणेश लामा र प्रेम थापाको जोडी तृतिय भएका छन् । २२औं निजामती सेवा दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र धादिङले आयोजना गरेको जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा ३० वटा समूहहरुको सहभागिता रहको थियो ।
राष्ट्रसेवक कर्मचारीहरुलाई खेलकुद क्षेत्रका उत्प्रेरण जगाउन प्रतियोगिताको आयोजना गरिएको कर्मचारी मिलन केन्द्र धादिङको अध्यक्ष विष्णु प्रसाद आचार्यले बताए । निजामती सेवा दिवस राष्ट्रसेवक कर्मचारीका लागि उत्सव रहेकोले भेटघाट, चिनजानसँगै एक आपसमा आत्मियता बढाएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले बताए ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल मर्मका साथ आयोजना गरिएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई निजामती सेवा दिवसको अवसरमा आयोजित एका कार्यक्रमका विच पुरस्कृत गरिने कार्यक्रम संयोजक छत्रबहादुर लुङ्गेली मगरले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप