धादिङ– धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी क्याम्पस चोकमा रहेको विपीको शालिक अनावरण गरिएको छ । विपी स्मृति दिवसको अवसर पारेर विश्वेश्वरप्रसाद कोइरालाको शालिक अनावरण गरिएको हो ।
शालिक अनावरण गर्दै पूर्व उपप्रधान मन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले देश विकासमा एक जुट भएर लाग्नु पर्ने बताएका छन् । नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाले देखाउनु भएका बाटो समाएर देशको विकास गर्नुपर्ने उनले जोड दिए ।
देशको आर्थिक उन्नती र उन्नयनका लागि नयाँ संकल्प लिनु पर्ने उनले बताए । विगतमा गरेका कमी कमजोरीलाई सुधार गरेर देशको विकासमा एक जुट हुनपर्ने उनको भनाई छ ।
विश्वेश्वरप्रसाद कोइराला नेपालको पहिलो प्रजातान्त्रिक प्रधानमन्त्री हुन् । उनी एक उत्कृष्ट साहित्यकार, दूरदर्शी राजनीतिक चिन्तक र लोकतन्त्र तथा सामाजिक न्यायका अडिग पक्षपाती थिए । राजनीतिमा होस् वा साहित्यमा—उनका विचार र योगदानहरूको प्रभाव आज पनि नेपाली समाजमा उस्तै देखिन्छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप