धादिङ कारागारमा गोली चल्दा २ जना कैदीको मृत्यु, ७ जना घाइते

धादिङ कारागारमा गोली चल्दा २ जना कैदीको मृत्यु, ७ जना घाइते

काठमाडौं- जिल्ला कारागार धादिङमा कैदी बन्दी भाग्न खोज्दा नियन्त्रण लिने क्रममा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बेनीघाट रोराङ गाउँपालिका–४ ७५ वर्षिय जीत बहादुर घले र नवलपरासीका ३६ वर्षिय इन्द्र बहादुर डाला रहेको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिए ।

Advertisement

त्यस्तै, गोली लागेर घाइते हुनेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका– १ का ४२ वर्षिय कपिल परियार र ४६ वर्षिय देवराज अधिकारी, गजुरी गाउँपालिका–८ का ४२ वर्षिय मेम बहादुर तामाङ, नीलकण्ठ नगरपालिका–७ का ४१ वर्षिय राम शरण परियार र गजुरी गाउँपालिका–७ का ६७ वर्षिय कृष्ण बहादुर मोक्तान, धुनीबेसी नगरपालिका–७ का ८५ वर्षिय डम्बर बहादुर दाहाल र नेत्रावती डवजोङ गाउँपालिका–५ का ३४ वर्षिय विकाश गुरुङ रहेका छन् ।

कृष्ण बहादुर मोक्तान र डम्बर बहादुर दाहालको अवस्था गम्भिर रहेको धादिङ अस्पतालले जनाएको छ । कैदीहरु कारागार भित्र तोडफोड, आगजनी र पर्खाल भत्काएर भाग्ने हातहतियारसहित निस्केपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए ।

‘जवरजस्ति कैदी बन्दीले मुख्य गेट भत्काएर भाग्ने कोसिस गरेपछि पानीको फोहोरले नियन्त्रण लिने प्रयास भएको थियो । तर कैदी बन्दीले मुडा बुन्दा प्रयोग गर्ने हातहतियारसहित निस्केपछि अवस्था तनावग्रस्त बन्न पुग्यो ।’ उनले भने– ‘अवस्था तनावग्रस्त बनेपछि नियन्त्रण लिन गोली चलाउन बाध्य बनेको हो । सोहि क्रममा दुई जनाको मृत्यु र ७ जना घाइते हुन पुग्यो ।’

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट