देशका विभिन्न कारागारबाट फरार ४७ जना कैदी धादिङबाट पक्राउ

देशका विभिन्न कारागारबाट फरार ४७ जना कैदी धादिङबाट पक्राउ

काठमाडौं- देशको राजधानी काठमाडौ लगायत विभिन्न कारागारबाट भागेर आएका ४७ जना कैदी बन्दीहरुलाई धादिङबाट नियन्त्रणमा लिइएको छ ।

Advertisement

जेन–जी आन्दोलनको मौका छोपेर कारागारबाट भागेका मध्ये विहिबार ३ जना महिलासहित ४७ जनालाई नियन्त्रणमा लिएर नुवाकोट पठाइएको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिए । पृथ्वीराजमार्गका विभिन्न स्थानहरुमा नेपाली सेनाले बुधबारदेखि चेकजाँच गरिरहेको छ । बुधबार तीन जनालाई धादिङकै गल्छी बैरेनीबाट नियन्त्रणमा लिएको थियो ।

प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार नियन्त्रणमा लिएकाहरुमा कारागार कार्यालय जगन्नाथदेवलका २९ जना, कारागार कार्यालय नख्खुका १३ जना, कारागार कार्यालय भीमफेदीका ४ जना र कारागार कार्यालय तनहुँका १ जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका ३ जना महिला नै कारागार कार्यालय जगन्नाथदेवलबाट फरार भएका हुन् ।

चेकजाँचको क्रममा सोधिखोजी गरेर कैदीबन्दीहरुको पहिचान गर्ने गरिएको धादिङको गजुरीस्थित भैरवनाथ गणका कर्णेल अशिम श्रेष्ठले जानकारी दिए । नेपाली सेनाले साना तथा ठुला जुनसुकै सवारी प्रयोग गर्ने र पैदल हिडेर आउजाउ गर्नेहरुलाई समेत चेकजाँच गरिरहेको छ । केहिलाई गोप्य सुचनाको आधारमा नियन्त्रणमा लिइएको उनले बताए ।

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट