राष्ट्रपति र सुशिला कार्कीविच छलफल अझै सुरु भएन

  • २०८२ भाद्र २७, शुक्रबार (१९ घण्टा अघि)
  • ६२ पटक पढिएको
राष्ट्रपति र सुशिला कार्कीविच छलफल अझै सुरु भएन

काठमाडौं– पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका लागि हुने भनिएको छलफल सुरु हुन सकेको छैन । हिजो विहीबार दिन तथा रातभर छलफल र बैठकले निचोड दिन नसकेपछि शुक्रबार विहान ९ वजे पुनः बैठक सुरु गर्ने भनिएको थियो ।

Advertisement

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद अध्यक्ष नियुक्त गर्ने विषयमा भने सर्वपक्षीय सहमती जुटिसकेको छ । जेनजी तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका लागि सहमति जनाएका छन् ।

अधिकांश बुँदामा सहमती भएपनि केही बुँदामा अझै छलफल चलिरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरूको उपस्थितिमा बिहीबार दिनभर र रातभर छलफल गरेका थिए।

संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न सकेको छैन । जेन जीका तर्फबाट विघटन गर्ने तर्क अघि सारिएको थियो । तर संविधान अनुसार विकल्प खोज्न संसद पनि जीवित हुनुपर्ने कुरा उठेपछि थप छलफल आवश्यक बनेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट